१२ श्रावण २०८१, शनिबार

जुत्ता किन्दा नगद पुरस्कार



धनगढी २१ असोज । कैलालीका पत्रकार अनत चौधरीले दशैं तिहारका लागि जुत्ता किन्न नगद पुस्कार जितेका छन् ।
कैलारी गाउँपालिका वडा नं. ७ नारायणपुर घर भएका अनत चौधरीले रोयल शुज किन्दा स्क्र्याच कुपन मार्फत् पाँच हजार रुपैयाँ जितेका हुन् । दशंै तथा तिहारको उपलक्ष्यमा रोयल शुज कम्पनीले प्रत्येक रोयल शुजको खरिदमा स्क्र्याच कुपनको व्यवस्था गरिएको छ । सो स्क्रयाच कुपन मार्फत रु १ सय देखि रु. १ लाखसम्म नगद पुरस्कार तथा ५ देखि ५० प्रतिशतसम्म छुट र विशेष उपहारको व्यवस्था छ ।
नेपाल टेलिकम धनगढी अगाडि रहेको बाँसवारी न्यू कर्णाली शु सेन्टरमा आइतबार रोयल शु किन्दा अनतलाई सो उपहार परेको हो । न्यू कर्णालीका सञ्चालक रामप्रसाद चौधरीले स्क्र्याच कुपन मार्फत विजेता चौधरीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
मुख्य बजारमा रहेको बाँसवारी न्यू कर्णाली शु सेन्टरले नेपाली तथा विदेशी ब्राण्डका जुत्ता, चप्पल विक्री गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार