२ जेष्ठ २०८१, बुधबार

चिनीको मूल्य निर्धारण हुननसक्दा उपभोक्ता मर्कामा



धनगढी । नेपाल सरकारले चिनीको मूल्य निर्धारण गर्न नसक्दा सुपथ मूल्य पसलमा नूनमात्र विक्री शुरु भएको छ ।
विगतका वर्षहरू झै शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशका सातवटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकोमा नूनबाहेक अन्य कुनै दैनिक उपभोग्य विक्रीवितरण गर्न नसकिएको साल्ट ट्ेरडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
“विगतका वर्षहरूमा सुपथ मूल्य पसलबाट चिनी, नून, चामल लगायतका दैनिक उपभोग्य सामग्री विक्रीवितरण भइरहेको थियो” साल्टट्रडेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक केशव पाण्डेयले भने– “यस पटक अहिले नूनमात्र विक्री गर्न शुरु गरेका छौं ।”
साल्ट ट्ेरडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय, धनगढीले प्रदेशको धनगढी, टीकापुर, बेलौरी, महेन्द्रनगर, डडेल्धुरा, दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ ।
सुपथ मूल्य पसलमा विगतका वर्षहरू झै चिनी र नून विक्रीवितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक पाण्डेयले बताए । उनले भने– “सरकारले चिनीको मूल्य निर्धारण गरेपछि पसलबाट त्यसको पनि विक्रीवितरण शुरु हुने छ ।”
उनले सुपथ मूल्य पसलबाट नून प्रति पाकेट १८ रुपैयाँमा विक्रीवितरण गरिरहेको बताए । अहिले बजारमा नूनको मूल्यप्रति पाकेट २० देखि २५ रुपैयाँ रहेको छ । साल्ट ट्रेडिङले प्रति व्यक्ति छ किलो नून विक्री गर्ने जनाएको छ ।
त्यस्तै, विगतका वर्षहरूमा खाद्य संस्थानले साल्ट ट्ेरडिङ कर्पोरेशनसँगै मिलेर सुपथ मूल्य पसलबाट चामल विक्रीवितरण गर्दै आएको थियो । खाद्य संस्थान अञ्चल कार्यालयका प्रमुख डिल्लीराज लम्सालका अनुसार खाद्य संस्थानले शुक्रबारदेखि काठमाडौं उपत्यकामा पसल सञ्चालनमा ल्याइसकेको र अब मन्त्रालयबाट पत्राचार पुगेपछि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिने बताए ।
सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सो पसल सञ्चालनमा ल्याएको हो ।
सुपथ मूल्य पसल दशैं, दिपावली र छट पर्वको अवधीसम्म सञ्चालन रहने साल्ट्र ट्ेरडिङका सूचना अधिकारी टंक कुँवरले जानकारी दिए । शुक्रबारदेखि शुरु भएको पसल कात्तिक २७ गतेसम्म सञ्चालन रहने उनले बताए ।
गत वर्ष साल्ट ट्ेरडिङले नून दुई हजार ४९ बोरा र चिनी दुई हजार पाँच सय ३६ बोरा विक्री गरेको थियो ।
साथै, साल्ट ट्ेरडिङले सहुलितय पसलबाट सहुलियत मूल्यका सामग्री खरीद गर्न र अन्य पसलबाट सुपथ मूल्यका सामग्री खरीद गर्न, कसैले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि गरेको पाइए सम्बन्धित निकायमा खबर गर्न आम उपभोक्तासँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार