२ जेष्ठ २०८१, बुधबार

प्रदेश सातमा केमपोल लुब्रिकेन्ट वितरण शुरु




धनगढी । धनगढीको यमुमाया टेडर्सले ग्याल्याक्टर इन्डिया भेन्चर लिमिटेड लखनउले उत्पादन गरेको केम्पोल ब्राण्डको लुब्रिकेन्टको वितरण प्रदेश नम्बर ७ मा गर्ने भएको छ ।
लिमिटेडले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यमुमाया टे«डर्सले केमपोल लुब्रिकेन्टको डिलरशीप पाएको जनाएको छ । लिमिटेडका निर्देशक करण टन्डनले बिहीबारबाट विक्री वितरण शुरु गर्ने जाएको छ ।
उनले अन्य लुब्रिकेन्ट भन्दा केमपोलको क्वालिटी उच्चस्तरको रहेको दावी गरे । लिमिटेडले दुई पांग्रेदेखि चार पांग्रे गाडीका लागि सबै किसिमको मोलिलहरु उत्पादन गरेको छ । इन्जिन ओइल, सकर ओइल लगायत गाडी सरसफाईका सामानहरु र किचन सरसफाईका सामानहरु समेत उत्पादन गरिएको जनाए ।
प्रदेश सातका लागि केमपोलका अधिकृत वितरक यमुमाया टे«डर्सका सञ्चालक केशव पन्थीले यस लुब्रिकेन्टले गर्दा गाडीमा कुनै खराबी आएको गुनासो आएमा तत्काल सुनुवाई गर्ने बताए ।
लिमिटेडका निर्देशक निर्मा सक्सेनाले आफूहरुले क्वालिटीको विजनेश गरिरहेकाले ढुक्क भएर ग्राहकहरुले केमपोल लुब्रिकेन्ट प्रयोग गरिरहेको बताइन् । नेपालमा सो लुब्रिकेन्टको मास्टर डिस्ट्रीब्युशन अशोक थापाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार