३० बैशाख २०८१, आईतवार

बाघको संख्या सवा दुई सय नाघ्यो



काठमाडौ । नेपालमा बाघको संख्या अनुमानित दुई सय ३५ पुगेको छ ।
वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसको अवसरमा बाघको संख्या सार्वजनिक गरेको हो । सन् २०१३ को गणनामा एक सय ९८ वटा बाघ रहेकोमा ५ वर्षमा बढेर २ सय ३५ पुगेको हो ।
अहिले न्यूनतम २ सय २१ देखि अधिकतम २ सय ७४ बाघ रहेको प्रतिवेदनमा उल्लेख छ । २ सय ३५ औसत संख्या हो । अध्ययनका क्रममा झण्डै ४ हजार ५ सय फोटामध्ये २ सय ९ वटा एकल फोटो पहिचान गरिएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले बताए ।
तथ्याङक अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेको छ । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बा“के राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ ।
सरकारले बाघ दिवसको अवसर पारेर गत साउन १३ गते बाघ गणनाको प्रतिवेदन सार्वजनिक गर्ने भने पनि तयारी नपुग्दा सार्वजनिक हुन सकेको थिएन । बाघ गणनाको यो नतिजा अनुसार सन् २०२२ सम्म बाघको संख्या दोब्बर २ सय ५० बनाउने लक्ष्य सहजै पुरा हुने देखिएको पनि उपमहानिर्देशक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार