२९ बैशाख २०८१, शनिबार

गलत ढंगले असुल गरिएको रकम फिर्ताको माग




लम्की ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर तथा जानकी गाउपालिकाको वक्लौवा मुक्त कमैया शिविरका बासिन्दाबाट मालपोात कार्यालय टीकापुरका कर्मचारी तथा कमैया शिविरका अगुवाहरूले गलत ढंगले असुलेको रकम फिर्ताको माग गरेका छन ।
पालबजारका ५७ जनाको पैसा मालपोत कार्यालय टीकापुरका कर्मचारीले फिर्ता गरे पनी आफुहरूको पैसा फिर्ता नगरेको भन्दै मंगलबार दोषिमाथि कारबाहिको माग गदै नाराबाजी समेत गरेका छन् ।
उनिहरूले लम्की ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै शिविरमा प्रर्दशन समेत गरेका छन् ।
लालपुर्जा बनाउन धेरै रकम लाग्ने भन्दै मुक्त कमेैया शिविर बल्चौर, बक्लौवा र पालबजारकाका स्थानिय बाट विचौलियाले एक घरबाट ३ हजार देखि १५ हजार सम्म उठाएको खुल्ल आएको छ । मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यलय सहयोगि मनीराम चौधरीले विचौलिया संगको मिलेमतोमा विल नकाटेरै लालपुर्जा बनाउन अबैध रुपले रकम असुलेका थिए । रकम असुलिमा उनिहरूलाई मुक्त कमैया शिविरका दिपु चौधरी र मिनु चौधरीले सहयोग गरेका थिए । अबैध रुपमा बिल नकाटेर पैसा असुल गरी रहेको सर्बत्र विरोधका साथै मालपोतका कर्मचारी मनिराम चौधरी सहित घटनामा संलग्नलाई कारबाहिको माग भएपछि अबैध रुपमा लिएको रकम पालबजारका मुक्तकमैयाको ५७ घरको फिर्ता गरेको छ । भने बल्चौर, बक्लौवा लगायतका ठाउमा बस्दै आएका मुक्त कमैयाको रक मभने आझै पिर्ता हुन सकेको छैन । बल्चौरका मुक्तकमैया पिडितहरूले आफुबाट मालपोत कार्यालय टीकापुर र वडा कार्यालयले सिफारीस वाफत मोटो रकम असुल गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन । यता लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले सिफारीस बाट मोटो रकम लिएको भन्ने कुरा निराधार भएको वडा अध्यक्ष भक्तबहादुर चलाउने र वडा सचिव हिरालाल चौधरीले बताउनु भएको छ । मालपोत कार्यालयका कर्मचारीले के कति कारणले कसरी लिए त्यसको बारेमा आफुहरूलाई कुनै जानकारी नभएको तर वडा कार्यालयले एक सिफरीस वाफत प्रतिसिफरीस १ सय २० रुपैया मात्र लिएको बताएका छन् । भूमिसुधार कार्यालयले करिव दश वर्षअघि विभिन्न ठाउमा बस्दै आएका मुक्त कमैयाहरूको लगत संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार