१० श्रावण २०८१, बिहीबार

जनतालाई असहज हुने कर लगाउन्नौं– मन्त्री बोहरा



अत्तरिया । प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जनतालाई असहज हुने गरी कर नलगाइएको बताएका छन् ।
शुक्रबार अत्तरियामा आयोजित कर शिक्षा सम्बन्धी छलफल कार्यक्रममा मन्त्री बोहराले आम जनतालाई कफ्ठ्ेरो हुने गरी सरकारले कर नलगाउने बताए ।
गोदावरी चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सातका ८८ वटा स्थानीय तहले लगाएका अनावश्यक करको बारेमा पनि प्रदेश सरकारले स्थानीय सरकारहरूसँग छलफल गरिरहेको बताए ।
सो अवसरमा कैलाली चेम्बर अफ कमर्शका अध्यक्ष मोहनराज शर्माले व्यवसायीमैत्री कर नीति अवलम्वन गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले नगरपालिकाभित्र रहेका छाडा पशुचौपायाको समस्यालाई सामाधान गर्न नयाँ योजना ल्याउने बताए ।
कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाई, वैद्यनाथ बाहिनीका बाहिनीपति नगेन्द्र थापा, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख केदार रजौरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोदावरी चेम्बर अफ कमर्स र कैलाली चेम्बर अफ कमर्सले बैंकहरूले यस क्षेत्रमा ब्याजदर नघटाएबारे आर्थिक मामिला तथा योजना मन्त्री बोहरालाई ज्ञापनपत्र बुझाएका थिए ।
कार्यक्रम गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्लको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार