१० श्रावण २०८१, बिहीबार

डोटीको गडसेरामा रेन्बो ट्राउट माछा पालन सुरु



धनगढी । डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक रेन्बो ट्राउट माछा पालन सुरु गरिएको छ ।
स्थानिय चार जना कृषकहरुले रेन्बो ट्राउट माछा पालन गरिएको प्रदेश नम्बर ७ मै पहिलो पटक हो ।
शेरबहादुर देउवा, लिलाधर बिष्ट, हेमबहादुर बिष्ट र डबल ताम्राकारले जैवि कृषी उत्पादन तथा प्रवद्र्धन फर्म उद्योग दर्ता गरेर रेन्बो ट्राउट माछा पालन गरेका हुन् ।
नेपाल सरकार मत्स्य विकास कृतिम तथा प्राकृतिक जलासय मत्स्य विकास कार्यक्रम बालाजु काठमाण्डौको पाँच लाख र जोरायल गाउँपालिकाको एक लाख गरी ६ लाख रुपैयामा पाँच हजार रेन्बो ट्राउट माछा पालन सुरु गरिएको जैवि कृषी उत्पादन तथा प्रवद्र्धन फर्म उद्योगका सचिव लिलाधर बिष्टले बताउँनुभयो । बैशाख २८ गते मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका मत्स्य प्राविधिक अधिकृतको सहयोगमा सो माछा ल्याईएको बिष्टले बताउँनुभयो ।
मत्स्य विकास केन्द्र गेटा कैलाली र जिल्ला कृषि विकास कार्यालय डोटीको प्राविधिक टोलीले गरेको प्रारम्भीक अध्ययन अनुसार सो ठाउँ ट्राउट माछा पालन र भूरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि डोटीको जोरायल गाउँपालिका—५ गडसेराको सिमरामा पहिलो पटक माछा पालन गरिएको हो ।
चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाको रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको छ । ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेट तापक्रममा बाँच्न सक्छ । तर, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रट तापक्रम उपयुक्त मानिन्छ ।
नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार