१२ श्रावण २०८१, शनिबार

इन्टिग्रेटेड फर्मल डिजिटल सेवा शुरु



धनगढी । मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले कैलालीमा ईन्ट्रीग्रेटेड फर्मल डिजिटल सेवा शुरु गरेको छ ।
कैलालीमा रहेका बैंकका सातवटै शाखामा शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा सो सेवाको उद्घाटन गरियो ।
डिजिटल सेवाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक किरण पण्डितले उद्घाटन गरेका थिए । सो अवसरमा निर्देशक पण्डितले प्रदेशमा अझै पनि दुर्गम क्षेत्रमा वित्तिय साक्षरता पुग्न नसकेको बताए । उनले साना तथा ठूला बैंकलाई हरेक स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन आग्रह गरे । कार्यक्रममा बैंकका कार्यकारी निर्देशक लक्ष्मीश्वर देवकोटाले देशभरी ५१ वटा शाखा रहेको जानकारी थिए ।
कार्यक्रममा बैंकले असहायका लागि सहयोगी हातहरू नामक संस्थालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल राष्ट्र बैंकका निर्देशक पण्डितले संस्थाका सञ्चालक बलबहादुर विष्टलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन बैंकका अधिकृत वेदप्रकाश आचार्यले गरेका थिए । कार्यक्रममा एनएलजी ईन्सुरेन्सका सञ्चालक मनबाहिङ राईले सहयोगी हातहरू नेपाललाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा मिर्मिरे बैंकका बोर्ड अफ डाईरेक्टर चक्र बोहरा, एनआईसी एसिया बैंकका प्रबन्धक टेकराज भट्ट, जनता बैंक धनगढीका प्रबन्धक मुकुन्द विष्ट, र्मििर्मरेका कर्मचारी, सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार