१२ श्रावण २०८१, शनिबार

औद्योगिक क्षेत्रको काम तीब्र गतिमा



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ डुडेझारीमा स्थापना हुने औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाइएको छ ।
सरकारले घोषणा गरेको लम्की डुडेझारी औद्योगिक क्षेत्रमा तीन सय १५ जनाले उद्योग सञ्चालनको लागि आवेदन दिएका छन् ।
लम्कीचुहा उद्योग वाणिज्य संघले उद्योग सञ्चालनको लागि प्रसारण/प्रकाशन गरेको सूचनाको आधारमा ७, ५ र ६ नम्बर प्रदेशका उद्योगीले आवेदन दिएको संघका अध्यक्ष पदमराज चौलागाईले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले साना, मझौला, ठूला उद्योग सञ्चालनका लागि आवेदन आएको बताए । उनले उद्योगहरू छिट्टै सञ्चालनमा ल्याउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन र डिपिआर तयार गरेको बताए ।
औद्योगिक क्षेत्र स्थापनाका लागि ११ सय विघा क्षेत्रफल सीमांकन गरिएको छ । लम्कीचुृहा नगरपालिकाको पश्चिम धोबेनी खोलादेखि पूर्व नेपाली सेनाको व्यारेक सम्मको डुडेझारी फाँटमा औद्योगिक क्षेत्र स्थापना हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार