२० बैशाख २०८१, बिहीबार

कैलाली बहुमुखी क्याम्पसमा बैंकिङ सेवा



धनगढी । कैलाली बहुमुखी क्याम्पस परिसरमा बैकिङ सेवा सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडले कैलाली बहुमुखी क्याम्पससको परिसरमा बैकिङ सेवा सुरु गरेको हो ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी र क्याम्पस प्रशासनलाई सेवा दिने उद्देश्यले कृषि विकास बैंकले सेवा सुरु गरेको जनाएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रसाद सिटौलाले सोमबार एक समारोहीबीच बैंकिङ सेवाको उद्घाटन गरे । उनले कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तथा शिक्षकहरूलाई नि:शुल्क खाता सञ्चालन, एटिएम सेवा र मोवाईल सेवा प्रदान गरिने बताए ।
त्यस्तै, सोमबारदेखि एक विद्यार्थी एक खाता अभियानको समेत सुरुवात गरिएको छ । कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति पर्वत चौधरीलाई खाता खोल्न आवश्यक बैंकका भौचर हस्तान्तरण गरी अभियानको सुरुवात गरियो ।
कैलाली बहुमुखी क्याम्पसमा १० हजार बढी विद्यार्थी रहेकोमा पाँच हजार बढीको खाता सञ्चालन गर्न सकिने स्ववीयु सचिव कृष्ण रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार