२० बैशाख २०८१, बिहीबार

बंगुरका पाठापाठी वितरण



बौनिया । नेपाल आदिवासि जनजाति महासंघ, बर्दगोरिया गाउँ समन्वय परिषदको आयोजनामा बुधबार पशुपालक किसानहरूलाई बंगुरका पाठापाठी वितरण गरिएको छ ।
गाउँपालिका भित्रका ४८ जना आदिवासी जनजातिका किसानलाई बंगुरका पाठापाठी वितरण गर्ने कार्यक्रमको पहिलो चरणमा वडा नम्बर २ र ५ का १२ जनालाई बुधबार वितरण गरिएको जनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरियाको आयोजना र बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा सो कार्यक्रम भएको थियो ।
सो अवसरमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारू, उपाध्यक्ष भगवती डंगौराथारू, महासंघका बर्दगोरिया अध्यक्ष बालचन्द्र कठरिया लगायतले किसानलाई पाठापाठी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार