२० बैशाख २०८१, बिहीबार

रोजगार मेला शुरु



धनगढी । धनगढीमा अाजदेखि रोजगार मेला, २०७५ शुरु भएको छ । रोजगार मेला बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन, जीवन परियोजनाको सहयोगमा सुरु भएको रोजगार मेलाको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले नेपाल रोजगारीको सम्भावना रहेको मुलुक भए पनि युवाहरूमा दक्षता नहुँदा बेरोजगारी समस्या रहेको चर्चा गरे । उनले युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
श्रम कार्यालयका प्रमुख जयदेव बिष्टले श्रम कार्यालयमा १३ हजार पाँच सय भन्दा बढी बेरोजगार युवाहरुको आवेदन परेको जानकारी दिए । ‘तर, दक्ष मान्छे नपाउँदा कम्पनीहरूमा पठाउन सकिएको छैन’ उनले बजारको माग अनुसार युवाहरूले क्षमता बढाउन जरुरी रहेको बताए ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ७ का अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा प्राध्यापक सुरेन्द्र चन्द, उद्योगी ओमप्रकाश अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश ७ एसोसिएट उपाध्यक्ष हरिशंकर ठाकुरले स्वागत गरेको कार्यक्रमको प्रदेश ७ का जिल्लानगर उपाध्यक्ष कृष्णप्रसाद पाठकले संचालन गरेका थिए ।
मेलामा १६ वटा रोजगारदाताहरूको स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार