२० बैशाख २०८१, बिहीबार

मुनुवामा ग्लोबलको शाखारहित बैंकिङ सेवा



धनगढी । ग्लोबल आइएमई बैंकले कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४, मुनुवामा ८४ औं शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
शाखारहित बैकिङ सेवाको मंगलबार एक विशेष समारोहबीच जानकी गाउँपालिका प्रमुख प्रदीपकुमार चौधरी र ग्लोबल आइएमई बैंकका सिनियर रिलेसनसीप म्यानेजर स्वेच्छा राणाले संयुक्त रूपमा उद्घाटन गरे ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले एक सय २९ वटा शाखा, एक सय ३१ एटिएम, चार वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ८४ वटा शाखारहित बैंकिङ सेवा र तीन वटा प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त नौ लाख बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकको सिनियर रिलेसनसिप म्यानेजर राणाले बताइन् ।
उनले बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्ेरलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार