२२ बैशाख २०८१, शनिबार

चर्चामा १५ वर्षिय मोडेल अञ्जली



धनगढी । पछिल्लो समय गोपाल नेपाल जिएमको ‘मारामार…’ बोलको गीतमा अभिनय गरेपछि १५ वर्षिय मोडेल अञ्जली ठकुरी अहिले चर्चामा छिन् ।
करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी अञ्जली एक स्थापित मोडेल हुने चाहना भएको बताउँछिन् ।
कक्षा १० मा अध्यनरत अञ्जली अहिले पढाइका कारण पनि समय दिन नसकेको बताउँदै एसइइपछि अलि बढी समय दिएर लाग्ने बताउँछिन ।
नृत्यमा पोख्त अञ्जली मोड्लिङसँगै चलचित्रमा पनि देखा पर्न मेहनतका साथ लाग्ने चाहना भएको बताउँछिन ।
हेर्नुस् तस्बिरमा अञ्जलीलार्इ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार