२० बैशाख २०८१, बिहीबार

भौतिक पूर्वाधार विकासका लागि निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका : आर्थिक मामिला मन्त्री बोहरा



धनगढी । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको भौतिक पूर्वाधार विकास र समृद्धिका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।
प्रादेशिक निर्माण व्यवसायी महासंघ ७ नम्बर प्रदेशको टोलीले गरेको भेटघाटमा मन्त्री बोहराले भने, ‘हामी समग्र प्रदेशका जनताको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको पनि ठूलो सहयोगको आफूले अपेक्षा गरेका छौं ।’
मन्त्री बोहराले प्रदेश नम्बर ७ को गरिबी, पछौटेपन र रुढीवादीलाई हटाउन सबै क्षेत्रको सहयोग रहने र प्रदेशलाई समृद्धिको बाटो लैजान निर्माण व्यवसायीहरूको ठूलो योगदान रहने बताए ।
मन्त्री बोहराले भने, ‘प्रदेश सरकारले आर्थिक कार्यविधि ऐन २०७४ पारित गरिसकेकोले निर्माण व्यवसायीहरूलाई पनि सहज हुने बताए । भेटघाटमा प्रदेश नम्बर ७ निर्माण व्यवसायी महासंघका अध्यक्ष मदनबहादुर कुँवरको टोलीले मन्त्री बोहरालाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार