२० बैशाख २०८१, बिहीबार

एसभी मोटरसाइकल र ड्युट स्कुटर बजारमा



धनगढी । हिरो मोटरसाईकलले ग्ल्यामर एसभी मोटरसाईकल र ड्युट स्कुटरको मोडल बजारमा ल्याएको छ ।
हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले शुक्रबार एक समारोहबीच दुई वटा मोडल धनगढीमा सार्वजनिक गरेको हो । मोडलको कन्ट्री म्यानेजर हरपित सिंहले सार्वजनिक गरेका थिए ।
उनले बजारमा ल्याइएको दुई वटा मोडलहरू आकर्षक रहेको बताए । उनका अनुसार ग्ल्यामर एसभिमा एक सय २५ सिसि इञ्जिन, आई थ्री एस टेक्नोलोजी, टुयूवलेस टायर, एलईटी टेल ल्याम्प आकर्षक रहेको छ भने ड्युटमा पिकअप, नयाँ (एडभान्स) इन्जिन आकर्षक रहेको छ ।
बजारमा ल्याइएको मोटरसाईकलको मूल्य एक लाख ९३ हजार रहेको छ भने स्कुटरको एक लाख ७९ हजार पाँच सय रहेको छ ।
डिलरका प्रोपराईटर पुस्कर ओझाले नयाँ वर्षको उपलक्ष्यमा हिरोका मोटरसाईकलमा छ हजार रुपैयाँ र स्कुटरहरूमा आठ हजार रुपैयाँ नगद छुटका साथै स्क्र्याच कार्डबाट थप एक हजारदेखि एक लाखसम्म नगद छुटको व्यवस्था र हरेक १५ दिनमा गरिने लक्की ड्रबाट एक जनालाई थप एक लाख पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार