२० बैशाख २०८१, बिहीबार

नक्कली नोटसहित एक पक्राउ



धनगढी । नक्कली नोट सहित कैलालीमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का रविन विकलाई नक्कली नोट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा रविनलाई गोदवारी नगरपालिका वडा नम्बर २, अत्तरियाबजारबाट पक्राउ गरिएको थियो ।
अत्तरियाबजारमा रहेको खेमराज सापकोटाको पसलबाट जुत्ता किन्ने क्रममा रविनबाट दुई वटा पाँच सय रुपैयाँका नक्कली नेपाली नोट फेला परेको एसपी घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार