२० बैशाख २०८१, बिहीबार

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण



अत्तरिया । अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जन सहयोग कार्यक्रम अन्तर्गत शनिबार बाख्रा वितरण तथा तालिम भएको छ ।
अपाङ्गता उत्थान समाज कैलालीको आयोजना तथा गोदावरी नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा अत्तरियामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा नम्बर ४ का अपाङ्गता भएका १६ जनालाई जनही एक बाख्रा वितरण गरिएको छ ।
वडा नम्बर ४ को लक्षित वर्ग शीर्षक अन्तर्गत विनियोजित दुई लाख रुपैयाँको लागतमा सो कार्यक्रम भएको जनाइएको छ ।
कार्यक्रम अपाङ्गता उत्थान समाजका अध्यक्ष नरदीप धामीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर भण्डारी, गोदावरी नगरपालिका पशुसेवा विभागका अधिकृत भवानीदत्त भट्ट, वडा सदस्य बलराम चौधरी, एनएनएसडब्लुएका फिल्ड सुपरभाईजर नामाकर एसके लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पशुसेवा विभागका अधिकृत भवानीदत्त भट्टले प्रशिक्षण दिएका थिए । उत्थान समाजका उपाध्यक्ष कुस्मा जोशीले स्वागत गरेको कार्यक्रमको संस्थाका सचिव शेरबहादुर बिकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार