२० बैशाख २०८१, बिहीबार

गण्डकी विकास बैंकको शाखा विस्तार



धनगढी । गण्डकी विकास बैंकले धनगढीमा आफ्नो कारोबार शुरु गरेको छ । गण्डकी विकास बैंकले धनगढीमा शाखा स्थापना गरी कारोबार शुरु गरेको जनाएको छ ।
बैंकका धनगढी शाखा प्रबन्धक कृष्णबहादुर बोहराले केही दिनभित्रै शाखाको औपचारिक रूपमा उद्घाटन गरिने बताए ।
बैंकले धनगढी शाखामार्फत निक्षेप संकलन, सबै प्रकारका सुलभ कर्जा प्रवाह, एसएमएस मोबाइल बैंकिङ, एटिएम, लकर, एबीबीएस, सेयरमा आवेदन सेवा, रेमिट्यान्स लगायतका सेवा प्रवाह गरिरहेको प्रबन्धक बोहराले जानकारी दिए ।
यसका साथै गैरकोषमा आधारित बिडबण्ड र परफमेन्स बण्डलगातका सेवा पनि उपलब्ध गराउने र छिट्टै सुन कर्जा पनि प्रदान गरिने उनले बताए । प्रबन्धक बोहराले बैंकले बचत खातामा आठ प्रतिशत र मुद्दति खातामा १२ प्रतिशत ब्याज दिने गरेको बताए ।
गण्डकी विकास बैंकले एकैदिन धनगढी सहित देशभर आठ वटा शाखाबाट कारोबार शुरु गरेको जनाएको छ । यससँगै बैंकका देशभर ५९ शाखा विस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार