२ जेष्ठ २०८१, बुधबार

अर्को साता अल्पकालीन बजेट



धनगढी । प्रदेश नम्बर ७ मा आगामी साता अल्पकालीन बजेट ल्याइने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले एक साताभित्र अल्पकालीन बजेट ल्याउने निर्णय गरेको जनाइएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले सरकारको बजेट ल्याउने निर्णय भएको बताए ।
उनले मन्त्रीपरिषदको बैठकमा चारवटा विधेयकबारे पनि छलफल भएको बताए ।
उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुख्य न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्तसम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ती अवधारणापत्र प्रस्तुत भई स्विकृत भएको बताए ।
उनले आर्थिक मामिला तथा योजना मन्त्रालयले तीनवटा विधेयक र अवधारणा प्रस्तुत गरेको बताए । उनले प्रदेश सभामा पेश गर्नका निम्ती प्रदेशको आर्थिक कार्यविधि २०७४ स्वीकृत भएको बताए ।
यस्तै, नयाँ विनियोजन विद्येयक र सार्वजनिक खरिद विधेयक तर्जुमाका लागि मन्त्री परिषदको वैठकबाट स्विकृत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार