२ जेष्ठ २०८१, बुधबार

स्वेताद्वारा तीनपांग्रे गाडीको बिक्री शुरु



धनगढी । स्वेता ट्रेडिङ कन्सर्न धनगढीले पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे गाडीको गोदावरी नगरपालिकाबाट विक्री वितरण शुरु गरेको छ ।
बुधबार एक समारोहबीच अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकाया (ललित) ले बिक्रीको उद्घाटन गरे ।
स्वेता कन्सर्नले अतुल जिमिनिको तीन पाङग्रे रिक्सालाई बजारमा ल्याएको हो । सो रिक्साको ईन्जीन दुई सय सिसी, सेल्फ स्टार्ट, प्रति लिटरमा ३० किलोमिटर माईलेज लगायतको सुविधा सो रिक्सामा रहेको कन्सर्नका सञ्चालक राजेश भण्डारीले जानकारी दिए ।
उनले रिक्सा कच्ची बाटोमा पनि उपयूक्त भएको बताए । रिक्सामा अगाडीको सिसा पनि अन्य रिक्सा भन्दा ठूलो, अन्यको भन्दा सस्तो मूल्य, पार्टसहरू सजिलै उपलब्ध लगायतको सुविधा पनि रहेको छ ।
सञ्चालक भण्डारीका अनुसार रिक्साको मूल्य पाँच लाख ६० हजार पर्ने र सुरु भएको १५ दिनसम्म दुई हजार पाँच सय रकम छुटका साथै पुरानो रिक्सासँग नयाँ रिक्सा साट्न मिल्ने पनि अफर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार