२० बैशाख २०८१, बिहीबार

कोइलही महोत्सव आजबाट शुरु



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ९, कोइलहीमा महाशिवरात्रीको अवसरमा ‘कोइलही ताल महाशिवरात्री महोत्सव मेला’ आजदेखि शुरु हुँदैछ । महोत्सवको प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको तयारी पूरा भएको जनाएको छ । आयोजक समितिका अध्यक्ष पहलबहादुर सलालीमगरका अनुसार फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।
उनले महोत्सव आयोजना गर्न १५ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने बताए । महोत्सवमा ८० वटा स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार