२० बैशाख २०८१, बिहीबार

अत्तरियामा जनता बैंक



अत्तरिया । जनता बैंक लिमिटेडले बिहीबारदेखि कैलालीको अत्तरियामा बैंकिङ सेवा विस्तार गरेको छ । बिहीबार एक समारोहबीच अत्तरियामा जनता बैंकको ९४ औं शाखा उद्घाटन गरियो ।
शाखाको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका थिए । कार्यक्रम बैंकका सञ्चालक गौतमप्रसाद खनालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जनता बैंकका क्षेत्रीय प्रबन्धक ध्रुवकुमार पौडेलले नाफाका लागि भन्दा पनि ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्य रहेको चर्चा गरे ।
उनले देशभरी एक सय २५ शाखा विस्तार गरिने बताए ।
सो अवसरमा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया (ललित), गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णराज सुवेदी, १० का अध्यक्ष रविन्द्र शाही, ६ का अध्यक्ष वीरबहादुर चोखाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार