२० बैशाख २०८१, बिहीबार

राना होमस्टे हुँदै



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलीमा राना होमस्टे मेला–२०७४ हुने भएको छ । राना कला एवं संस्कृति संरक्षण समाजको आयोजनामा फागुन ३ देखि ५ गतेसम्म होमस्टे मेला सञ्चालन हुन लागेको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
राना समुदायको कला संस्कृतिको संरक्षण र पहिचान गराउँदै जनचेतना फैलाउने उद्देश्यले मेला आयोजना गरिन लागेको समाजका अध्यक्ष महादेव रानाले बताए ।
होमस्टे सञ्चालन गर्ने, राना समाजलाई एकतावद्ध गर्न उत्साहित गर्ने, लोपोन्मुख कला, संस्कृति, भेषभुषालाई उजागर गर्ने, राना समुदायप्रति स्थानीय तथा नेपाल सरकारको ध्यानाकर्षण गर्ने लगायतको उद्देश्य रहेको उनले बताए ।
मेलामा राना जातिका घरायसी सामानहरू, भेषभुषा, घरको नमुना, कृषि सामग्रीहरू, रानाका खाना परिकारहरू प्रदर्शनीमा हेर्न पाइने छ । मेलामा रानाका ठणिया, हन्ना, सोङ रागनी, होरी, जादु, ढोल की गीत, झिंझिं, किरतन लगायतका नाचहरू पनि हुने उनले बताए ।
नि:शुल्क प्रवेश रहेको मेलामा अढाई लाख लगानी रहने अनुमान गरिएको छ भने झण्डै १० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार