२० बैशाख २०८१, बिहीबार

होटल व्यावसायी संघका पदाधिकारीहरूद्वारा पदभार ग्रहण



धनगढी । कैलाली होटल व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण गरेका छन् ।
संघको शनिबार भएको २५ औं साधारण सभा तथा सातौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकारी वीरबहादुर जेठाराले सपथ तथा पदभार ग्रहण गराए ।
संघको अध्यक्ष कलमबहादुर बम, उपाध्यक्ष श्याम महरा, महासचिव केशवदत्त पाण्डे, सचिव अवधेशकुमार चन्द र कोषाध्यक्ष बुद्धबहादुर गुरुङले पदभार ग्रहण गरे ।
त्यस्तै, सदस्यहरू दीपक थापा, धर्मराज भट्ट, केशव चन्द, भगतबहादुर थापा, प्रेमराज चौधरी, केशबहादुर बोहोरा, लोकबहादुर साउँद, पुष्पराज रेग्मी, लक्ष्मी भट्ट र राधिका लम्सालले पदभार ग्रहण गरे ।
सो अवसरमा संघका निवर्तमान अध्यक्ष महेश शाह, निवर्तमान सचिव केशव लामा, निवर्तमान सदस्य पुष्कर भाट, महादेव भट्ट, प्रेम वली, नन्दलाल साउँद, कानुनी सल्लाहकार जेठारा लगायतलाई सम्मान गरियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कलम बमले होटल व्यवसायीको हकहित, संरक्षण तथा क्षमता विकास लगायतमा संघले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार