२३ बैशाख २०८१, आईतवार

शिलादेवीको साधारण सभा



धनगढी । शिलादेवी कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा शनिबार धनगढीमा भएको छ । साधारण सभाको राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक भोजबहादुर बमले उद्घाटन गरेका थिए । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह, एनएमवी बैंकका शाखा प्रमुख रमेश भट्ट, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रवन्धक दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १५ लाख ६० हजार रुपैयाँबाट शुरु भएको संस्थाको सेयर पुँजी आर्थिक वर्ष २०७३/७४ मा ३५ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
संस्थाकी लेखा समिति संयोजक कलावती जोशीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका कोषाध्यक्ष उद्धवदेव भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रविण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार