२३ बैशाख २०८१, आईतवार

बर्दगोरिया धार्मिक मेला शुरु



बौनिया । कैलालीको बौनियामा बिहीबारदेखि बर्दगोरियामा धार्मिक माघी मेला शुरु भएको छ । मेलाको एक भव्य कार्यक्रमबीच बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरे ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको बर्दगोरियामा दशकौदेखि हरेक वर्ष माघीमा ठूलो मेला लाग्ने गरेको छ ।
बर्दगोरिया माघी मेलामा नेपाल र भारतका विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शक आउने गरेको मेला आर्थिक संयोजक वीरबहादुर चौधरीले बताए ।
धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीले माघी मेला माघ २ गतेसम्म जारी रहने बताए ।
मेलामा विभिन्न कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, रामलीला तथा नौटंकी लगायतका कार्यक्रम रहेका छन् ।
माघीमेला उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष थारूले बर्दगोरियाको विकासको लागि गुरुयोजना निर्माण भइरहेको बताए ।
मेलामा करिब ५० हजार दर्शक आउने आयोजकले अनुमान गरेको छ । मेलामा एक सय ७० स्टल रहेका छन् ।
बर्दगोरियाले १८ हेक्टर क्षेत्रफल ओगटेको छ । सो स्थानमा बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी मन्दिरहरूका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार