२० बैशाख २०८१, बिहीबार

नागरिकको साधारणसभा



धनगढी । नागरिक बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार धनगढीमा भएको छ ।
संस्थाका अध्यक्ष दिप्ती शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीका निमित्त प्राचार्य हरिसिंह साउँद रहेका थिए ।
कार्यक्रममा बोल्दै निमित्त प्राचार्य साउँदले सहकारीका मूल्य र मान्यताअनुसार सहकारी चल्नुपर्ने बताए । उनले नागरिक बचत तथा ऋण सहकारी संस्थाले साना उद्यमी र व्यवसायीलाई लाभ दिएर आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
हिमशिखर सहकारी संस्थाका प्रबन्धक महेन्द्र शाहीले नागरिक बचत तथा ऋण सहकारी संस्थालाई योगदान दिएर लागिपरेका शेयरधनीहरूप्रति कृतज्ञता प्रकट गरे । उनले शेयरधनी, बचतकर्ता र कर्मचारीहरूका कारण नागरिकले फड्को मारेको बताए ।
सहकारीका व्यवस्थापक चक्रबहादुर शाहले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कर्ता, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानित हुनेमा बचतकर्ता तर्फ रामशर्मा लम्साल, जवानसिंह धामी लगायत रहेका छन् ।
२६ लाख ४५ हजार एक सय ६२ रुपैयाँ पुँजी रहेको सहकारीले दुई करोड ३६ लाख ४७ हजार नौ सय ३१ रुपैयाँ निक्षेप संकलन गरेकोमा दुई करोड ३४ लाख ७१ हजार आठ सय ६७ रुपैयाँ ऋण लगानी गरेको संस्थाका कार्यकारी अध्यक्ष दिप्ती शाहीले बताइन् ।
शेयरधनी, बचतकर्ता र कर्मचारीको विश्वासले संस्थालाई उत्कृष्ट संस्थाका रूपमा चिनाउन लाग्ने शाहीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार