१५ बैशाख २०८१, शनिबार

वित्तीय संस्था कर्मचारी संघको महाधिवेशन शुरु



धनगढी । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नवौं महाअधिवेशन शनिबारबाट धनगढीमा शुरु भएको छ ।
महाधिवेशनको एक भव्य समारोहबीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले उद्घाटन गरे ।
सो अवसरमा नेता साउदले नेपाली काँग्रेसको नेतृत्वमा संविधान निर्माणपछि र संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन पुरा भएर मुलुकले महत्त्वपूर्ण चरणमा प्रवेश गरेको चर्चा गरे ।
कार्यक्रममा कैलालीको निर्वाचन क्षेत्र नंम्बर ५ ख का निर्वाचित प्रदेश सभा सदस्य डिल्लीराज पन्तले गणितीय रूपमा चुनावमा काँग्रेस पराजित भए पनि लोकतान्त्रिक पद्धति, विचार र आन्दोलनले जितको चर्चा गरे ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले मुलुकको आर्थिक समृद्धि तथा राजनीतिक स्थिरताका लागि काँग्रेसको अहम् भूमिका रहेको बताइन् ।
सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस क्षेत्रमा बैंकको नयाँ शाखा स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको बताए ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष जीतेन्द्रसिंह थापाको अध्यक्षतामा भएको थियो । यसअघि बिहान धनगढीमा भव्य प्रभातफेरी निकालिएको थियो ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार