२२ बैशाख २०८१, शनिबार

ज्योतिका ४६ औं शाखा विस्तार



धनगढी । ज्योति विकास बैंकले धनगढीमा ४६ औं शाखा विस्तार गरेको छ । बुधबार एक समारोहका बीच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका प्रमुख धन्नज्य शर्माले शाखाको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख शर्माले बैंकहरु बढी शहरोन्नमुख भएको बताए । उनले भने, ‘वित्तिय साक्षरता बढाउन बैंकहरू विकट क्षेत्रमा जान जरुरी छ ।’ प्रमुख शर्माका अनुसार कैलाली र कञ्चनपुरमा वित्तिय पहुँचको अवस्था सुधारोन्मुख हुँदै गएपनि यस ७ नम्बर प्रदेशका सात जिल्लामा अझै वित्तिय पहुँच सुधार हुन नसकेको बताए ।
कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कैलाली जिल्लामा बैंकको शाखा विस्तार हुने क्रममा तीव्र भएपनि अझै यस जिल्लाका अधिकांस स्थानीय तहमा बैंकिङ सेवाको विस्तार हुन नसकेको बताए । उनले बैंकहरूलाई धनगढी केन्द्रीत नभई अन्य स्थानमा पनि विस्तार गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढीमा बैंकहरू खुल्ने क्रम बढेको र सेवा प्रवाहमा पनि सुधार हुँदै गएको बताए ।
बैंकका सञ्चालक सदस्य जगदिश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार घिमिरेले बैंकको दुई अर्ब ३२ करोड चुक्ता पँुजी रहेको बताए । बैंकले निक्षपमा उच्च व्याज प्रवाह गर्दै ऋण लगानीमा न्यून व्याजदर कायम गर्ने बताए । ५० हजारदेखि ८० करोडसम्म घरायसी ऋण र डेढ हाइड्रो पावरमा डेढ करोडसम्म ऋण प्रवाह गर्न सकिने घिमिरेले जानकारी दिए ।
बैंकमा ६० हजार शेयर सदस्य रहेका छन् । हालसम्म झण्डै २६ करोड मुनाफा आर्जन गरेको प्रंमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।
बैंकले चालु आर्थिक वर्ष भित्रै देशभर ५० ओटा शाखा सञ्चालन गर्ने लक्ष्य राखेको सञ्चालक सन्तोष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार