२१ बैशाख २०८१, शुक्रबार

बजाज स्वरोजगार र्‍याली



धनगढी । कैलालीमा मंगलबार बजाज आरई स्वरोजगार र्‍याली गरिएको छ । बजाज थ्री ह्विलर्स बजाज आर–ई को आधिकारिक वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सो र्‍याली गरेको थियो ।
स्वरोजगारी मै समझदारी भन्ने नाराका साथ भएको र्‍याली धनगढी हुँदै फुलबारी र अत्तरियामा आयोजना गरिएको हो ।
बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको ऱ्यालीमा २० वटा आरईको सहभागिता रहेको जनाईएको छ ।
विर्तामोडबाट शुरु भएको अभियान एक हजार २७ किलोमिटरको यात्रा गरि महेन्द्रनगरमा समापन हुने जनाइएको छ ।
अभियानमा कलाकारहरू प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै, कलाकारहरू जयराम कार्की, विनोद परियार, श्रद्धा गौतम र प्रेम भुसालले पनि आफनो नाटक प्रस्तुत गरेका थिए ।

कात्तिक २२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार