२३ बैशाख २०८१, आईतवार

लाइफ इन्स्योरेन्सद्वारा बिमा रकम प्रदान



धनगढी । नेपाल लाईफ ईन्स्योरेन्स प्रालिले दुर्घटनामा मृत्यु भएका परिवारलाई विमा रकम प्रदान गरेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर २, सन्तोषीटोलका दिनेश रानाको परिवारलाई उनकै घरमा गएर कम्पनीका कर्मचारीले पाँच लाख पाँच हजार रुपैयाँ विमा रकम प्रदान गरे ।
सो बिमा कम्पनीका विकास अधिकृत उमाकान्त जोशीले मनिशा रानालाई सो रकम प्रादन गरे ।
दिनेश रानाले ४० हजारको दम्पती विमा गरेका थिए । ईन्स्योरेन्स कम्पनीले उनको छोराको नि:शुल्क विमा समेत भरेको छ ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार