२३ बैशाख २०८१, आईतवार

सुर्मासाइपालको सााधारण सभा



धनगढी । सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा सोमबार धनगढीमा भएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७३/७४ को एक करोड २८ लाख ८० हजार रुपैयाँको बजेट विवरण प्रस्तुत गरिएको थियो ।
साधारण सभाको सहकारी प्रशिक्षण डिभिजन कार्यालय धनगढीका प्रमुख रेवन्तरमण पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह, सहकारी संस्थाका सल्लाहकार दिलबहादुर खाती, सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख पुष्पलाल जोशी, हिमशिखर बहुउद्देस्यीय सहकारी संस्थाका सचिव विमल जोशी, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक कृष्ण रावल, शिवनगर खानेपानीका अध्यक्ष राजेशकुमार खाती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष बलबहादुर रोकायाको अध्यक्षतामा भएको थियो भनेसचिव दीपेन्द्रबहादुर भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०६६ सालमा स्थापना भएको सुर्मासाइपाल सहकारीमा हाल पाँच सय ५९ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभामा उत्कृष्ट बचतकर्ता लता शाही, रेवती सिंह र ऐनबहादुर सिंह तथा असल ऋणिहरू शान्तिकुमारी जोशी र दुर्गाकुमारी खड्कालाई सम्मान गरियो ।
त्यस्तै, शेयर सदस्यहरू राजेशकुमार खाती, संस्थाका पूर्व सचिव हरिकृष्ण कडायत, डबलबहादुर वम, पुष्पराज जोशी तथा हिक्मतबहादुर सिंहलाई पनि सम्मान गरिएको थियो ।

असाेज ३१ गते (epaper) (1)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार