२३ बैशाख २०८१, आईतवार

नवज्योति सहकारीको साधारण सभा



धनगढी । नवज्योति कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा शनिबार देवहरियामा भएको छ ।
सभामा असल ऋणी रामकुुमारी चौधरी र लीलाकुुमारी पौडेललाई सम्मान गरियो ।
त्यस्तै, सांसद प्यारेलाल राना, वडा नम्बर १७ का वडाध्यक्ष माधव राना लगायतलाई पनि सम्मान गरियो ।
साधारण सभामा वडा नम्वर ७ का सचिव मेखराज भट्ट, जिल्ला सहकारी डिभिजन कार्यालयका रामबहादुर महरा, देवरिया सामुुदायिक वनका अध्यक्ष देवबहादुर सेठी, दाइजो कृषि सहकारी संस्थाका सचिव सर्जुु राना, लेखा समिति संयोजक भीम वडाल, ऋण समिति संयोजक मनोजविक्रम चौधरी र शिक्षा समिति संयोजक अनीता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष सीताराम रानाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा आर्थिक वर्ष २०७३/७४ को तीन करोड ३५ लाख ६० हजारको वास्तविक तथा चालू आर्थिक वर्ष २०७४/७५ को चार करोड तीन लाख तीन हजार रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

असाेज २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार