२३ बैशाख २०८१, आईतवार

बारम्बार टाउको दुखिरहन्छ ? यी ८ उपायहरु अपनाउनुहोस्



टाउको आफैमा संवेदनशील अंग हो । टाउकोमा सानो चोटपटक लाग्नुपनि निकै घातक मानिन्छ । अझ टाउको दुख्नुलाई विभिन्न रोगको अनुमान लगाउन सकिन्छ ।
कहिले काँहि टाउको दुख्नु सामान्य भएपनि बारक्बार टाउको दुख्नु हाम्रो मस्तिष्कको लागि निकै नै नराम्रो लक्षण हो ।
आधा टाउको दुख्ने,नाक वरीपरी वा निधार कर्करी खाने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो समस्या भईरहेको हुन्छ यी लक्षणहरु माइग्रेनका हुन सक्छन् ।
त्यसैले टाउको दुख्न कम गर्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सेवन नगर्ने ।
४. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५. अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७. चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने ।
८. कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार