५ जेष्ठ २०८१, शनिबार

चीनमा दुई शक्तिशाली भूकम्पमा १९ को मृत्यु, २४७ घाइते



पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।
यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।
यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।
७.० म्यानिच्युडको भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
मङ्गलबार साँझ स्थानीय समयानुसार ९:१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । त्यहाँबाट ४५ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय सरकारले जनाएको छ ।
सिचुवानमा २००८ मेमा गएको शक्तिशाली भूकम्पमा ७० हजारको ज्यान गएको थियो ।

राेयटर्स, चीन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार