४ जेष्ठ २०८१, शुक्रबार

धनगढी १५ मा माअाेवादी विजयी



धनगढी। धनगढी उपमहानगरपालिका वडा नं. १५ मा नेकपा माअाेवादी केन्द्र प्यानल सहित विजयी भएकाे छ ।

वडा नं. १५ मा माअाेवादीका अध्यक्ष पदका उम्मेदवार फुलराम चाैधरीले ५९४ मत ल्याई टिमसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी राप्रपाका सुकदेव रानाले ५६१ मत पाए ।

माअाेवमदीका महिला सदस्यका उम्मेदवार कल्पना महराले ५९४, दलित महिला सदस्यका उम्मेदवार सीतादेवी सार्कीले ५९९, खुला सदस्यका उम्मेदवारहरू कालुराम चाैधरीले ५६१ र प्रेम रानालेे ५७२ मत पाए ।

यसैगरि, मेयरमा नेपाली कांग्रेसका नृप वडले ७९७६ र स्वतन्त्र गाेपाल हमालले ७७६६ मत पाएका छन् । अहिले वडा नं. १४, ६ र ५ काे मत गणना भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार