४ जेष्ठ २०८१, शुक्रबार

लम्कीचुहा र घोडाघोडी नगरपालिकामा एमाले विजयी



धनगढी । कैलालीका ७ वटा तहमा नेकपा (एमाले) विजयी भएको छ । बुधबार बिहान लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

महादेव बजगाई र टीका थापा

लम्कीचुहा नगरपालिकामा ६८१९ मत प्राप्त गरी एमालेका प्रमुखका उम्मेदवार महादेव बजगाई र ७९०५ मत प्राप्त गरी उपप्रमुखमा टीका थापा विजयी भएकी भएकी छन् । नेपाली कांगे्रसले प्रमुखमा ६२५५ र उपप्रुखमा ५०४९ मत पाएको छ । लोकतान्त्रि फोरमले प्रमुखमा ६०६२ र माओवादी केन्द्रले ४४९५ मत पाएको छ ।
आजै, विजय हात पारेको एमालेले घोडाघोडी नगरपालिकामा प्रमुखमा ममताप्रसाद चौधरीले ८१६४, उपप्रमुखमा पे्रमाकुमारी थापाले ७२३४ पाइ विजयी भएका छन् । मओावादी केन्द्रका प्रमुखले ७२३४ नेपाली कांग्रेसले ६२१० मत प्राप्त गरेको छ । एमालेले यस अघि गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, चुरे र मोहन्याल गाउँपालिकामा जीत हात पारिसकेको छ ।
नेकपा माओवादी केन्द्रबाट भजनी नगरपालिकामा प्रमुखमा शेरबहादुर चौधरी र उपप्रमुखमा छायादेवी देवकोटा विजयी भएका छन् । माओवादी कैलारी गाउँपालिका पनि विजयी भएको छ ।
नेपाली कांगे्रस जोशीपुर र बर्दगोरिया गाउँपालिकामा विजय भइसकेको छ । फोरम लोकतान्त्रिक जानकी गाउँपालिमा विजयी भएको छ ।
मत परिणाम घोषणा हुन बाँकी धनगढी उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार अगाडि छन् भने कांगे्रसले पछ्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार