४ जेष्ठ २०८१, शुक्रबार

कैलारी र भजनीमा माअाेवादी विजयी



धनगढी । कैलालीकाे भजनी त्रिशक्ति नगरपालिका र कैलारी गाउँपालिकामा नेकपा माअाेवादी केन्द्र विजयी भएकाे छ ।

अाज घाेषणा भएकाे  मत परिणाम अनुसार भजनी त्रिशक्तिमा माओवादी केन्द्रका मेयर पदका  उम्मेदवार शेरबहादुर चाैधरीले ५२२८ र उपमेयर पदका उम्मेदवार छाँया देवकाेटाले ५००८ मत पाएर विजयी भएका हुन् । उनीहरूका प्रतिद्वन्द्वी नेपाल लाेकतान्त्रिक फाेरमका मेयर पदका  उम्मेदवार केवल चाैधरीले ५०१५ र उपमेयर पदका उम्मेदवार धनबसिया चाैधरी ४३७८ मत पाएका हुन् ।

त्यसैगरी कैलारी गाउँपालिकामा ओवादी केन्द्रका अध्यक्ष पदका पदका  उम्मेदवार  लाजुराम चौधरी ’अंकीत’ ३१७ मतले विजयी भएका छन् । उनले ६२०४ मत ल्याए भने नेपाली कांग्रेसका राजसमझ चौधरी ५८८७ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा ५८२० मत ल्याई विजयी भइन् भने नेपाली कांग्रेसकी अनिता चौधरी ५४०७ मत ल्याएर पराजित भइन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार