१८ बैशाख २०८१, मंगलवार

कैलालीमा एमाले ५ कांग्रेस २, माओवादी २ र फोरम १ तहमा विजयी



धनगढी । कैलालीका १३ स्थानीयमध्ये नौ तहको परिणाम घोषणा भएको छ । नतिजा आएकामध्ये नेकपा एमाले पाँच, नेपाली कांग्रेस दुई, माओवादी दुर्इ र लोकतान्त्रिक फोरमले १ स्थानमा जीत हासिल गरेका छन् ।
पछिल्लो परिणाम अनुसार काँग्रेसले बर्दगोरिया गाउँपालिका र नेकपा माओवादी केन्द्रले भजनीत्रिशक्ति नगरपालिका र कैलारी गाउँपालिकामा जीत हासिल गरेको छ । बर्दगोरियामा कांग्रेसका बलिराम चौधरीले तीन हजार सात सय ४१ मत पाएर अध्यक्षमा निर्वाचित भए । चौधरीसंग एमालेका कर्ण कुँवरले १७६ मतले पराजित भए । उपाध्यक्षमा माओवादी केन्द्रकी भगवती चौधरी तीन हजार नौ सय १३ मत पाएर विजयी भइन् । माओवादीसँग हारेकी कांग्रेसकी ललिता भट्टले तीन हजार दुई सय ६६ मत ल्याएर पराजित भइन् ।
कैलारी गाउँपालिकामा माओवादीका लाजूराम चौधरी अंकित छ हजार दुई सय चार मत पाएर अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी रामसमझ चौधरीले पाँच हजार पाँच सय ८७ मत पाएका छन् । उपाध्यक्षमा माओवादीकै लक्ष्मी चौधरी छ हजार ६४ मत पाएर विजयी भएकी छन् । उनलाई कांगे्रसकी अनिता चौधरीले पाँच हजार चार सय छ मतले पछ्याएकी थिइन् ।
यसअघि एमालेले टीकापुर, गोदावरी गौरीगंगा नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका जितेको छ । भने कांग्रेसले जोशीपुर र फोरमले जानकीनगर गाउँपालिका जितेको छ ।
अझै चार तहको गणना भइरहेको छ । मतगणना भइरहेकोमा धनगढी उपमहानगरपालिका, लम्कीचुँहा घोडाघोडी र भजनी नगरपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार