१८ बैशाख २०८१, मंगलवार

टीकापुरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी



धनगढी । टीकापुर नगरपालिकाकाे मेयरमा नेकपा (एमाले) र उपमेयरमा नेपाली कांग्रेस विजयी भएकाे छ ।
सोमबार राति घोषणा भएको परिणामअनुसार टीकापुर नगरपालिकामा एमालेका उम्मेदवार तपेन्द्र रावल विजयी भएका छन् । रावलले पाँच हजार नौ सय ५९ मत प्राप्त गरे भने उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापाले पाँच हजार छ सय १० मत पाए । नेपाली कांग्रेसका जंगबहादुर साउँदले पाँच हजार पाँच सय २५ मत र फोरम लोकतान्त्रिकका लौटन चौधरीले पाँच हजार चार सय ८१ मत भएका छन् ।
टीकापुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका केशरी विष्ट छ हजार २ सय २६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माअाेवादी केन्द्रका अाशाकुमारी चौधरीले पाँच हजार पाँच सय ५३ मत पाइन् । यसैगरी फाेरम लाेकतान्त्रिककी उम्मेदवार सुदेशनी चाैधरीले पाँच हजार एक सय १८ र एमालेकी कमला केसीले पाँच हजार ३८ मत पाइन् ।

टीकापुर नगरपालिकाकाे वडा नम्बर १ काे अध्यक्षमा एमालेका गंगाराम अाचार्य, २ बाट एमालेकै प्रकाशबहादुर बुढा  विजयी भएका छन् । वडा नम्बर ३ बाट फाेरम लाेकतान्त्रिकका रामसेवक महताे, ४ बाट लालवीर चाैधरी, ५ बाट रामशंकर डंगाैरा, ६ बाट बलिराम चाैधरी  विजयी भएका छन् ।

वडा नम्बर ७ बाट माअाेवादी केन्द्रका रामलाल चाैधरी, ८ बाट दीर्घ ठकुल्ला र ९ बाट लाैटन चाैधरी विजयी भएका छन् ।

उपप्रमुख जितेकाे कांग्रेसले कुनै पनि वडामा जीत हासिल गर्न सकेन । एमाले २, माअाेवादी ३ र फाेरम लाेकतान्त्रिक ४ वटा वडामा विजयी भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार