२१ बैशाख २०८१, शुक्रबार

कैलालीमा माअाेवादी १०, कांग्रेस ९, एमाले ५ र लाेकतान्त्रिक फाेरम ४ वडामा विजयी



धनगढी । हालसम्म कैलालीका १३ वटा स्थानीय तहका २८ वटा वडाकाे मतगणना सम्पन्न भएकाे छ ।

सम्पन्न भएकाे वडा मध्ये नेकपा माअाेवादी केन्द्रले १०, नेपाली कांग्रेसले ९,, नेकपा एमालेले ५ र नेपाल लाेकतान्त्रिक फाेरमले ४ वडामा विजयी भएका छन् ।

नेपाली कांग्रेस र माअाेवादीले विजयी गरेका वडामा प्यानल सहित जित हात पारेका छन् भने एमालेले विजयी गरेकाे वडामा कांग्रेसका सदस्यहरू र लाेकतान्त्रिक फाेरम विजयी भएकाे वडामा माअाेवादीका सदस्य पनि जितेका छन् ।

एमालेले जितेकाे गाैरीगंगा नगरपालिका १० मा वडा अध्यक्षमा एमालेका पदम एेर र महिला सदस्यमा मिना चाैधरी विजयी हुँदा बाँकी सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै लाेकतान्त्रिक फाेरम टीकापुर नगरपालिका वडा नं. ३ मा माअाेवादीका एक जना खुला सदस्य विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार