२ जेष्ठ २०८१, बुधबार

गाैरीगंगा १० मा एमाले–कांग्रेस मिश्रित, मेयरमा एमाले माअाेवादी बराबरी, उपमेयरमा अञ्चलाले उछिनिन्



धनगढी, कैलालीकाे गाैरीगंगा नगरपालिकामा एमाले र कांग्रेसका उम्म्रदवारहरू बिजयी भएका छन् ।

साे वडामा एमालेका अध्यक्षका उम्मेदवार पदमबहादुर एेरले ५०३ मत ल्याएर विययी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४६२ मत पाए । महिला सदस्यमा एमालेकै मिनादेवी चाैधरी विजयी भइन् । उनले ४९१ मत पाइन् ।

त्यसैगरी बाँकी सदस्यहरूमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विनितादेवि विकले ४९९, गाैरिलाल चाैधरीले ५०६ र भागीराम चाैधरीले ४८४ मत ल्याएरा वि्जयी भएका छन् ।

यससंगै एमाले र माअाेवादीले मेयरमा बराबर मत पाएका छन् । माअाेवादीका देविदत्त कडेल र एमालेका भीम देउवाले बराबर ९५९ मत पाएका छन् । उपमेयरमा एमालेकी अञ्चला चाैधरीले ९३३ मत पाएर अगाडि बढेकी छन् । हालसम्म लिड गरेकी माअाेवादीकी करूणा चाैधरी ९२७ मत ल्याएर दाेस्राे स्थानमा झरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार