५ जेष्ठ २०८१, शनिबार

बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी



बाजुरा । बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका कालीबहादुर शाही १४५१ मतका साथ पाण्डवगुफाको अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत ल्याएर विजयी भएकी छन् । 

अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए भने उपाध्यका प्रतिद्वन्द्वी कांग्रेसकै तारा रोकायाले ९८७ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार