२१ बैशाख २०८१, शुक्रबार

थप अपडेट



धनगढी उपमहानगरपालिका
मतगणना भइरहेको वडा नम्बर १
२००० मतगणनाको ताजा परिणाम

नेपाली काँग्रेस मेयर ७१८
नेपाली काँग्रेस उपमेयर ८१३

मेयर स्वतन्त्र ६८०

 

भजनीमा फोरम ७४४/५७३, माके ५०२/४८६, नेका २२२/२३२, एमाले २१२/२३२ वडा नम्बर 1,2,3,4 मा मतगणना जारी ।

डोटीको शिखर नगरपालिका वडा १ मा कांग्रेसको पूरै प्यानल विजयी

डोटी ।  डोटी, शिखर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसको पूरै प्यानल नै विजयी भएको छ । कांग्रेसका प्रमुख पदमा ७११ मत ल्याएका छन् भने नेकमा एमालेले ४९१ मत ल्याएको छ ।
उप–प्रमुख पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । कांग्रेस उप–प्रमुख पदमा ७३४ मत ल्याएको छ भने एमालेले ४८३ मत ल्याएको छ ।

 

प्रधानमन्त्री देउवाले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

वडा नम्बर १ को अध्यक्षमा कांग्रेस उम्मेदवार चेतराज भट्ट ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोहीले ३८६ मत ल्याए । सो वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको हो । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको घर रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । 

वडा नम्बर १ को मतगणना सकिँदासम्म कांग्रेसले ९९६, एमालेले ३०८ र माओवादी केन्द्रले ५३ मत पाएको छ ।

कैलालीका चार स्थानमा काँग्रेस अगाडी

कैलालीकाे १३ वटै स्थानीय तहमा अहिले मतगणाना जारी रहेकाे छ । अहिलेकाे प्ररम्भीक मत अनुसार नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका, गाेदवारी नगरपालिका, लम्की नगरपालिका र  जानकी  गाउपालिकामा अग्रता लिइरहेकाे छ ।  यस्तै माअाेवादी केन्द्रले गाैरीगंगा नगरपालिका, घाेडाघाेडी नगरपालिका र कैलारी गाउपालिकामा अग्रता लिइरहेकाे छ ।

यस्तै नेकपा एमालेेले चुरे गाउपालिका र माेहन्याल गाउपालिकामा अग्रता  लिइरहेकाे छ भने संघिय समाजबादी फाेरमले १ र लाेकतान्त्रीक फाेरमले दुइ स्थानमा अग्रता  लिएकाे छ ।

धनगढीमा २५० मतगणना । 

धनगढी उपमहानगरपालिकामा अहिले २ सय ५० मत गणना भएकाे छ । धनगढी उपमहानगरपालिकामा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार गाेपाल हमाललार्इ कांग्रेसका नृप अाेडले १५ ले उछिनेका छन् । वडले एक सय र हमालले ८५ मत ल्याएका छन् । एमालेका दुर्गा जाेशीले २० र माअाेवादी केन्द्रका उम्मेदवार रामसमझले १२ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार शुशिला मिश्र भट्टले  ८३, एमालेकी रूक्मणी देवकाेटाले ३४ र माअाेवादी केन्द्रकी शान्ति अधिकारी क्षाेत्रीले २७ मत प्राप्त गरेकी  छिन ।

कैलालीकाे भजनीमा २ हजार १ सय ४० मत गणना भएकाे छ । उक्त नगरपालिकामा नेपाल लाेकतान्त्रीक फाेरमकाे अग्रता कायमै छ । फाेरमका प्रमुखका उम्मेदवार केबल चाैधरीले चार सय ३७ मत प्राप्त गरेका छन् ।भजनीमा फाेरमकै अग्रता

त्यस्तै, माअाेवादीका उम्मेदवार शेरबहादुर चाैधरीले ३ सय ६, काँग्रेसका उम्मेदवार  विरबहादुर हमालले १ सय ३५ र एमालेका प्रदिप मल्लले १ सय २४ मत प्राप्त गरेका छन् ।

कैलारी गाउपालिकामा माअाेवादी केन्द्र अगाडी

कैलारी गाउपालिकाकाे मतगणना जारी छ । अहिलेसम्म उक्त गाउपालिकामा ५०० मत गणना भइसकेकाेमा माअाेवदी केन्द्रले अग्रता  लिएकाे छ । माअाेवादी केन्द्रका अध्यक्षका उम्मेदवार लाजुराम चाैधरीले १ सय ५० मत ल्याएका छन भने उपाध्यक्षकी लक्षमी सत्गवाले पनि १५० मत ल्याएर अग्रता  लिएका हुन् ।

टीकापुर नगरपालिकाको मतगणना जारी, फोरमको अग्रता कायमै

टीकापुर नगरपालिकाको मतगणना जारी, फोरमको अग्रता कायमै
। टीकापुर नगरपालिकाको वडा नं. ३, ५ र ६ को मतगणना जारी छ । अहिलेसम्म एक हजार ६ सय मतको परिणाम आएको छ । अहिलेसम्मको मत परिणाम अनुसार फोरमले लिड गरिरहेको छ । टीकापुरमा नेपाल फोरम लोकतान्त्रिकले मेयरमा ५९८, उपमेयरमा ५ सय ८१, कांग्रेसले मेयमार ३०८, उपमेयरमा ३१६, एमालेले मेयरमा ३१२ उपमेयरमा २८८ र माओवादी केन्द्रले मेयरमा २०८ र उपमेयरमा २१६ मत प्राप्त गरेको छ ।
लम्कीचुहा नगरपालिकाको पनि विहानबाट मतगणना सुरु भएको छ । वडा नम्बर १, ३, ७ र १० एकै साथ गरीने तयारी भएको खबर छ ।
जानकी गाउंपालिकामा अहिलेसम्म ५ सय ३३ मतको परिणाम सार्वजनिक भएको छ । वडा नं. ९ को मतगणना भइरहेको छ । मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । जानकीमा रुखले मेयरमा एक सय ३८, उपमेयरमा एक सय ३२, सूर्यले मेयरमा एक सय १२, उपमेयरमा एकसय ५३, हसिया हतौडाले मेयरमा ४० र उपमेयरमा ४५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार