२१ बैशाख २०८१, शुक्रबार

(अपडेट) धनगढीको मतगणना सुरु



 धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा बिहानको नौ बजेदेखि मतगणना सुरु भएको छ । दोस्रो चरण अन्र्तगत बुधवार भएको मतदानको कैलालीका ६ वटा स्थानीय तहमा हिजो रातीदेखिनै मतगणना सुरु भए पनि धनगढी उपमहानगरपालिकाको बिहान नौ बजेदेखि सुरु भएको हो ।
हिजो बसेको सर्वदलिय बैठकले बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि सबै दलहरूको उपस्थिति नहुादा ढिलो गरेर मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।


धनगढी उपमहानगरपालिकाको १ नम्बर वडाबाट मतगणना सुरु भएको उनले बताए । धनगढी–१ मा ५ हजार ७ सय ६७ मतदाता रहेकोमा ३ हजार ६ सय २७ (६२ प्रतिशत) मत खसेको छ । अहिले १ नम्बर वडाको क र ग बुथको मतगणना भइरहेको छ ।
धनगढी उपमहानगरपालिकामा ७० प्रतिशत मत खसेको छ । धनगढीमा ७६ हजार चार सय ३० मतदाता रहेको भए पनि यस उपमहानगरपालिकाको १९ वटै वडाबाट ५४ हजार तीन सय ६९ मत खसेको छ ।
उता, गौरिगंगा नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ । वडा नम्बर १० वटा मतगणना सुरु गरिएको बताइएको छ ।


कैलालीको टीकापुर र भजनी नगरपालिका, जानकी, कैलारी र वर्दगोरिया गाउपालिकामा हिजो रातीदेखि मतगणना सुरु भएको निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार