२३ बैशाख २०८१, आईतवार

धनगढीमा अब केही क्षणमा मतगणना सुरु हुँदै



धनगढी । दोस्रो चरण अन्र्तगत कैलाली जिल्लामा भएको मतदान अन्र्तगत धनगढीमा मतगणना अब केही क्षणमा सुरु हुने भएको छ ।
कैलालीको १३ वटै स्थानीय तहमध्ये ६ वटा तहमा रातीदेखिनै मतगणना सुरु भए पनि धनगढीमा बिहानको आठ बजेदेखि मतगणना सुरु हुने भएको हो । धनगढी उपमहानगरपालिकामा ७० प्रतिशत मत खसेको छ । धनगढीमा ७६४३० मतदाता रहेको भए पनि यस उपमहानगरपालिकाको १९ वटै वडाबाट ५४ हजार तीन सय ६९ मत खसेको थियो ।
मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने बित्तिकै मतगरणा सुरु गर्ने भनिएतापनि सर्वदलिय बैठकले आज बिहानबाट मतगणना सुरु गर्ने निर्णय भएको थियो । धनगढीका सबै वडाको मतपेटिका रातिनै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगिसकेको छ ।
उता टीकापुर नगरपालिकामा ६९.३१ प्रतिशत मत खसेको छ । कूल ३९ हजार १९२ मतदाता रहेको टीकापुरमा २७ हजार १६४ मत खसेको छ । टीकापुरका सबै मतदान केन्द्रका ४३ वटै बुथका मतपेटिका निर्वाचन कार्यालयमा पुऱ्याइ सकिएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी दिएका छन् । टीकापुरमा आजै राती ९ बजेबाट मतगणना सुरु भएको जनाइएको छ ।
नजिकका मतदान केन्द्रबाट मतपेटिका बोकेरै मतदान केन्द्रमा पुरयाइएको थियो । यस्तै जानकी गाउपालिका २७ हजार ४ सय ५८ मध्ये २० हजार ९ सय २४ (७६.२ प्रतिशत) मत खसेको छ । ३९ हजार १३५ मतदाता रहेको लम्कीचुहा नगरपालिकामा २८ हजार ३७३ मा (७२.५ प्रतिशत) मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार