५ जेष्ठ २०८१, शनिबार

देउवा भए ४० औं प्रधानमन्त्री



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।
माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा ३८८ मत पर्‍यो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो ।
देउवा समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् । देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए । ४९ वर्षमा नै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार