१ जेष्ठ २०८१, मंगलवार

आफ्नै इच्छाले राजीनामा दिएको हुँ: दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले आफ्नै इच्छाले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
संसद बैठकलाई मंगलबार सम्बोधन गर्दै दाहालले कसैको दबाबमा राजीनमा नदिएको बताए । ‘दुइटै चरण चुनाव गरेर छाड्छु भनेको भए कांग्रेसले नदिने कारण थिएन,’ उनले भने ।
दाहालले सरकार निर्माण गर्दा नै कांग्रेससँग भएको सहमतिअनुसार आफूले सन्तुष्टिको अनुभूतिसहित राजीनामा दिएको उल्लेख गरे । ‘नेकपा र माओवादीबीच एउटा समझदारी थियो, चैतभित्रै स्थानीय चुनाव सक्ने र वैशाख पहिलो हप्तामा सरकारको नेतृत्व फेर्ने । तर स्थानीय तहमा चैत मसान्तमा गर्न नसकेपछि केही तन्किएको हो, कांग्रेसको तर्फबाट र सभापतिले लचकता देखाउनुभयो,’ उनले भने ।
दाहालले भरतपुर प्रकरणमा निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर सदन अबरुद्ध गरेको भन्दै विपक्षी एमालेको आलोचना गरे । उनले भरतपुरमा मतपत्र च्यात्ने घटना दुखद भन्दै आफूले त्यसमा कुनै हस्तक्षेप नगरेको बताए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार