६ जेष्ठ २०८१, आईतवार

विश्व वातावरण दिवस : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । विश्व वातावरण दिवसको अवसरमा सोमबार कैलालीमा विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना को आयोजना भएका छन् ।
धनगढी उपमहानगरपालिकाको सहयोगमा सुदूरपश्चिमाञ्चल क्याम्पस र ज्योती ईङ्लिस बोर्डिङ स्कुलको संयुक्त आयोजनामा धनगढीमा विभिन्न कार्यक्रम भएका थिए ।
वातावरण दिवसको अवसरमा ज्योति बोर्डिङ स्कुलका विद्यार्थीहरूले वातावरण संरक्षण सम्बन्धी सडक नाटक प्रदर्शन गरेका थिए । त्यस्तै, सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयको पर्खालमा वातावरण संरक्षणसम्बन्धी भित्रे चित्रलेखन गरेका थिए । त्यस्तै, जिल्ला प्रशासन अगाडि सडक सरसफाई र डस्टविन वितरण पनि गरिएको थियो ।
जनचेतनामुलक कार्यक्रमको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्नुपर्ने बताए ।
उनले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
‘जलवायु परिवर्तनको प्रभाव, वातावरणीय ह्रास, भौतिक विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ,’ उनले भने ।
उता, विश्व वातावरण दिवसका अवसरमा बैतडीमा पनि विविध कार्यक्रम आयोजना भएका छन् ।
बैतडी जिल्ला वन कार्यालयको आयोजना, प्रकोप व्यवस्थापन केन्द्रको सहयोग र रेडियो निंगलाशैनीको संयोजनमा सोमबार प्रभातफेरी, वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भएका थिए ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वातावरण संरक्षणका लागि प्रकृतिमाथिको अत्यधिक दोहन कम गर्नु अनिवार्य भएको चर्चा गरे ।
स्थानीय विकास अधिकारी खेमराज बिष्टले वातावरण संरक्षणका लागि सबैले हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला वन अधिकृत प्रभात सापकोटा, दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा,जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख अष्टभुजानन्द उपाध्याय, प्रकोप व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक प्रकाश बास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
थियो । विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा बृक्षारोपण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार